पत्रकारहरु पक्राउ पर्नु निन्दनीय छः देउवा

२८ भाद्र २०७५, बिहीबार १५:१९

 

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरु पक्राउ पर्नु निन्दनीय भएको टिप्पणी गरेका छन । खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।

बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले भने सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनीय छ ।

सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन । उनले आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए ।

सभापति देउवाले सरकारले पत्रकारहरुलाई पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको स्पष्ट पारे ।

समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार बिहान पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।