पत्याउनै गाह्रो दुनियाँका अनौठा कानून

२० फाल्गुन २०७४, आईतवार ०८:४७

फागुन २०, काठमाडौं । एजेन्सी

आज हामी दुनियाँका केही अनौठा कानूनका बारेमा चर्चा गर्दैछौँ जसबारेमा थाहा पाउँदा तपाइँले एकपटक सोँच्न बाध्य हुनुहुनेछ कि यस्ता कानून बनाउनुको पछाडिको कारण के होला ? साँच्ची उट्पट्याङ लाग्छन् यी कानूनहरु । कतिपय त कार्यान्वयन गर्नै असम्भव जस्तो लाग्दछ ।

· स्विजरल्याण्डमा रातको दश बजेपछि ट्वाइलेटको फ्लस बटन दबाउन प्रतिबन्ध छ । यदि यसो गरेमा जरिवाना गरिने नियम छ । यो नियम सरकारले नभै घरबेटीहरुले आफूखुसी लगाउने गर्दछन् ।

· यदि सिंगापुरमा जाँदै हुनुहुन्छ भने आफूसँग चुइंगम लिएर नजानुस् । साथमा चुइंगम
लैजान त्यहाँ प्रतिबन्धित छ । चुइंगम चपाएको पाइएमा सिंगापुरमा सजाय पनि हुनसक्छ ।

· समोआमा आफ्नी पत्नीको जन्मदिन भुल्ने लोग्नेलाई सजाय हुन्छ ।

· अमेरिकाको फ्लोरिडामा जनावरको नक्कल गर्नु गैरकानूनी हुन्छ ।

· अमेरिकाको मिनिसोटामा महिला र पुरुषका भित्रि वस्त्रलाई एकैठाउँमा सुकाउन पाइँदैन ।

· मोन्टाना टापुको बोजम्यानमा प्रचलित एक कानूनका अनुसार त्यहाँ सुर्यास्त पश्चात्
घरको प्रांगणमा यौन गतिविधि गर्न प्रतिबन्ध छ ।

· अमेरिकाको नेवादामा दाह्रीवाल पुरुषहरुलाई महिलामाथि चुम्बन गर्न प्रतिबन्ध लगाउने
प्राचीन कानून रहेको छ ।

· अमेरिकाको सनप्रलान्सिस्कोमा कार वाशिंग गर्ने क्रममा कारलाई भित्री वस्त्रको टालोले
पुछ्न प्रतिबन्धित छ ।

· डेनमार्कमा आफूखुसी बच्चाको नाम राख्न पाइँदैन ।

· अमेरिकाको इण्डियानामा बार्बी डललाई पुरुष पहिरन लगाइदिन पाइँदैन ।

· पोर्चुगलमा समुद्रमा पिसाब फेर्न प्रतिबन्धित छ ।

· नर्थ क्यारोलिनामा कसम खानू प्रतिबन्धित छ भने केन्टकीमा गोजीमा आइसिक्रमको
कोन बोक्न पाइँदैन ।