पत्ता लाग्यो कोरोनाभाइरसका बिरामीलाई निको पार्ने औषधि

२० माघ २०७६, सोमबार १६:१२

काठमाडौं , विश्वभर स्वास्थ्य संकटकालको घोषणा गर्नुपर्ने अवस्था सृजना गरेको नोवेल कोरोनाभाइरसका संक्रमितलाई निको पार्ने औषधि पत्ता लागेको छ । चीनबाट कोरोनाभाइसको संक्रमण विश्वभर फैलिन थालेपछि यसको औषधि पत्ता लगाउन विश्वभरकै स्वास्थ्यकर्मी र वैज्ञानिकहरु खटिरहेका छन् । यही बेला थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएका अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

एचआइभी र फ्लूको औषधि दिएर कोरोनाभाइरस संक्रमितको सफल उपचार गरिएको हो । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको हो । ती ७१ वर्षीया महिला चीनबाट थाइल्याण्ड पुगेकी थिइन् । उनी चिनियाँ नागरिक हुन् ।

उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको राजाभिथी अस्पतालका चिकित्सक र क्रियांग्स एटिपार्नविचले जानकारी दिए । हाल ती महिलामा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पतालले जनाएको छ । क्यानडा नेपालबाट