नेशनल मोडल इङ्गलिस सेकेण्डरी स्कुलको १५ औं बार्षिकउत्सवमा पूर्व उपराष्ट्रपति परमानन्द झा

१९ फाल्गुन २०७५, आईतवार ११:०६

काठमाण्डौं, नेशनल मोडल इङ्गलिस सेकेण्डरी स्कुलको १५ औं बार्षिकउत्सव तथा अभिभावक दिवस भब्यरुपमा शनिवार सम्पन्न भएको छ ।१५ औं बार्षिकउत्सव तथा अभिभावक दिवस एक विशेष समारोहका बीच सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको उपस्थिति रहेको थियो । यसैगरी प्रदेश सांसद वसन्त मानन्धर, नेपाली काँग्रेसका नेता एवंम पूर्व रक्षा मन्त्री समेत हुनुभएका सासंद भिमसेनदास प्रधान समेत विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो

विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षासेवीहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायत अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट सिकेका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम निकै नै मनोरञ्जनात्मक र उल्लासमय तवरले सम्पन्न भएको थियो ।
शुरुमा ४० जना विद्यार्थीबाट शुरु भएको यो विद्यालयमा हाल अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या करिब ९ सय छ । यो अवस्थामा आफूहरु पुग्न सक्नुमा अभिभावकहरुको माया र विश्वास नै महत्वपूर्ण रहेको विद्यालयका प्रिन्सिपल डिएन अधिकारीले बताउनु भयो । साथै अबको शैक्षिक सत्र देखि कक्षा ११ र १२ का कक्षाहरु सञ्चालनको लागि विद्यालयले स्वीकृति लिइसकेको र उक्त कार्यक्रम सञ्चालनको अलावा विद्यालयका आगामी योजना र भावी कार्यदिशा सम्बन्धी समेत प्रिन्सिपल अधिकारीले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । साथै स्कुलको १५ औं बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले ३ जना पूर्वविद्यार्थीहरु डा प्रवेश जमकट्टेल, नेपाली सेनाका सहसेनानी हेम लामा र नेपाल प्रहरीका इन्स्पेक्टर रोहित फुयाँललाई पूर्वउपराष्ट्रपतिको हातबाट सम्मान समेत गरेको थियो ।

कार्यक्रममा वक्ताहरुले विद्यालय निरन्तर रुपमा संस्कार र दक्षता विकासको गतिमा अघी बढिरहेकोमा कृतज्ञता प्रकट गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि बशन्त मानन्धरले शिक्षामा रहँदै आएको २ किसिमका संरचनालाई अन्त्य गर्दै शिक्षामा सबैको पहुँच स्थापना गर्ने मान्यता सहित आयोग गठन गरेर अघी बढेको र यस क्रममा पनि निजी लगानीको सम्मान र सुरक्षा गरिने बताउँदै सबै विद्यालय सञ्चालकहरुलाई निर्धक्कतापूर्वक अघी बढ्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।