नेप्से परिसूचकमा भारी गिरावट

१६ फाल्गुन २०७७, आईतवार १६:४६

काठमाडौँ। आज साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ ।

कारोबारको सुरुवातबाटै ओरालो लागेकोे परिसूचक ३ बजे सम्ममा ७९.७४ अंकले घटेर २४ सय ७४.३९ को विन्दुमा पुगेको हो ।

आज नेप्सेमा एक करोड ५७ लाख कित्ता सेयर खरिद बिक्री हुदाँ आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ।

नेप्से घटे पनि विहिबारको तुलानामा कारोबार रकम भने उकालो लागेको छ ।