नेपाल र यूएईबीचको खेल सुरु, घटाइयो ३४ ओभरमा

२८ माघ २०७४, आईतवार १०:२९

माघ २८, काठमाडौं ।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ ।

मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो ।

  • टस जितेर नेपाल फिल्डिङमा

खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।

नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए ।

नेपालले आइतबार यूएईसँग खेल्ने खेल डिभिजन टू मा तेस्रो हो । यसअघि नेपालले नामिबियाविरुद्धको खेल जितेकाे थियो भने ओमानसँग पराजित भएको थियो ।