नेपाल र चीनबीच औपचारिक वार्ता सुरु

२६ आश्विन २०७६, आईतवार ११:३४

काठमाडौं, होटल सोल्टीमा अहिले नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता सुरु भएको छ । वार्ताको नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनको तर्फबाट राष्ट्रपति सी जिनपिङले नेतृत्व गर्नु भएको छ । बैठकपछि दुई देशबीच करीब १ दर्जन सम्झौता हुने बुझिएको छ ।