नेपाल डीभी चिठ्ठा पाउनेमा विश्वमै दोस्रो, ३६ हजार नेपालीले पाए अमेरिकाको भिसा

१५ चैत्र २०७४, बिहीबार ०८:०२

चैत १५, काठमाडौं ।

डीभी चिठ्ठा पाएर अमेरिकामा हालसम्म झण्डै ३५ हजार नेपाली आएको तथ्य सार्वजनिक भएको छ ।

सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको आप्रवासी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, सन् २०१८ सुरु भएयता १ हजार ३ सय ५९ जना नेपालीले आप्रवासी भिसा पाएका छन् ।

सन् २०१७ मा डीभीबाट अमेरिकाको आप्रवासी भिसा पाउने देशहरुको सूचीमा नेपाल विश्वमै दोश्रो स्थानमा छ । इजिप्ट पहिलो स्थानमा छ भने तेस्रो स्थानमा इरान छ । ।