नेपाल आइडल: बुद्धलाई सबैभन्दा बढी भोट, प्रताप र निशानको कति ?

२४ भाद्र २०७४, शनिबार ०६:३५

भदौ २४ , काठमाडौँ | नेपाल आइडलको कतारमा हुने ग्र्याण्ड फाइनलमा पुगेका बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । आज घोषणा गरिएको टप 4 मध्येको नतिजामा बुद्ध लामाले सर्वाधिक अर्थात  ११ लाख ४५ हजार ५३८ मत पाएका छन् ।

त्यस्तै प्रताप लामाले भोट पाउने शंख्याको क्रममा दोश्रो नम्बरमा परेका छन् । उसले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् ।

त्यस्तै तेश्रो नम्बरमा परेका निसान भट्टराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले भने मुख्य ४ मध्ये सबैभन्दा कम भोट पाएको आधारमा आउट भएका छन्  । सागरले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका थिए ।