नेपालले नामिबियालाई दबाबमा

२५ माघ २०७४, बिहीबार ०९:१७

माघ २५ , काठमाडौं ।

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु मा नेपालले नामिबियालाई दबाबमा राखेको छ ।

नामिबियामा भएको खेलमा नेपालले २० ओभरभित्रै घरेलु टोलीको ६ विकेट लिएर दबाबमा राखेको छ ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २/२ तथा पारस खड्का र बसन्त रेग्मीले १/१ विकेट लिएका छन् ।

नामिबियाले २० ओभरको खेल सकिदा ६ विकेट गुमाएर ९९ रज जोडेको छ ।

नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएर नामिबियामाथि दबाब सिर्जना गरेका थिए ।