नेपालमा स्थलमार्ग हुदैं पर्यटकहरु भित्रने क्रम बढ्दै

२० पुष २०७४, बिहीबार १०:२८

पुष २०, भैरहवा
नेपालमा स्थलमार्ग हुदैं पर्यटकहरु भित्रने क्रम बढ्दै गएको छ ।

रुपन्देहीको बेलहिया नाकाबाटमात्रै मात्रै १ लाख ५० हजारभन्दा बढी पर्यटक नेपाल भित्रीएको तथ्याङक देखिएको छ । यो मार्ग बिशेष गरि तेस्रो मुलुकका पर्यटकहरु नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो नाका पनि हो । अध्यागमन कार्यालय बेलहियाको रेर्कड अनुसार सन् २०१७ मा यो नाका हुँदै १ लाख ५० हजार ८४१ पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ । भारतीय पर्यटक बाहेकको यो संख्याले नेपालमा स्थलमार्ग हुदै तेश्रो देशवाट पर्यटकहरुले भित्रने गरेको देखिएको हो ।

सन् २०१६ मा यो नाका हुँदै १ लाख ४७ हजार ६०८ जना पर्यटक नेपाल प्रवेश गरेका थिए । यो नाका हुँदै श्रीलंका, थाइल्यान्ड, म्यानमार, दक्षिण कोरिया, भियतनाम, चीन तथा युरोपियनलगायतका देशहरुबाट पर्यटक नेपाल आउने गरेका छन् । यो नाकाबाट नेपाल आउने पर्यटकको मुख्य गन्तव्य लुम्बिनी, कपिलवस्तु र रामग्राम तथा नेपालका हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ तथा काठमाडौं, चितवन, पोखरा हुने वताईएको छ ।