नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्य

१५ माघ २०७७, बिहीबार १७:१५

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार हिजो तीन जनाको ज्यान गएकोमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म दुई हजार २० जनाको ज्यान गएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय १३ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ८८ पुगेको छ । यस्तै थप दुई सय ९६ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार तीन सय ६५ पुगेको छ । अब नेपालमा ३२ सय तीन जना सक्रिय सङ्क्रमित रहेका छन् ।