नेपालको परिभाषा फेरियो अध्यक्ष प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार ०८:२९

बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अब लक्ड कन्ट्रीबाट ल्याण्ड लिंक्ड कन्ट्री भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशको परिभाषा समेत फेरिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुटवलमा आयोजीतशुभकामना सन्देशसभामा बोल्दै अध्यक्ष प्रचण्डले अब नेपालले विश्वको जुनसुकै ठाउँबाट पनि व्यापार सम्झौता गर्नसक्ने बताए । उनले भने, ‘पार्टी एकता र बहुमतको सरकारले लक्ड कन्ट्रीबाट ल्याण्ड लिंक्ड कन्ट्री बनेको छ । यसलाई रोक्ने अब कुनै प्रतिगामी शक्तिले सक्दैन ।’

उनले चीनसँगको पारवाहन सम्झौताले अब ४ बटै बन्दरगाह प्रयोग गर्ने सक्ने बताए । अब भारतमात्र मासिमीत नरहेको उनको भनाई थियो । ३ तिरबाट भारतले घेरिएको देश अब बन्दरगाह, रेल र विमानका कारण विश्व जगत जोडिएको दावी गरे ।

अध्यक्ष प्रचण्डले अहिलेसम्म सरकार नीति नियम बनाउन व्यस्त रहेकोले अब सरकारको काम तीब्र हुने बताए । अहिलेसम्म बर्षाको समय थियो । सरकार एक गियरमा थियो । अब सरकारले चार गियरमा काम गर्ने उनले बताए । ‘अब कसैले विकासको कामलाई रोक्न नसक्ने दाबी र्गदैे। काम गर्ने मौसम पनि फेरिएको बतायकॉप्रचण्ड’ले।चुनावी घोषणापत्र, उम्मेदार छनौट र विजयी समेत दुवै पार्टीबीच सुमधुर सम्बन्ध भएकोले अब पार्टी एकताबाट कोही पनि पछि हट्न नमिल्ने उनले भने, ‘हामीले एकता ढिलाई गरेका होईन । तर, सबै सुझबुझ साथ काम गर्दा केही ढिलाई भएको हो । अब छिट्टै तल्लो तहसम्म पूणैता पाउँछ ।’

अध्यक्ष प्रचण्डले भने, ‘१४ बर्ष जेलवास र १४ बर्ष वनबास भएका दुई पार्टी मिलेर दुई तिहाईको सरकार बनाएका छौं, अब यो सरकारलाई कुनै प्रतिक्रियावादीले अवरोध गर्न सक्दैन । संविधानसभा जारी गर्दा आफू र केपी ओलीको मेहनतबाट भएको दावी गर्दै संविधानसभाबाट संविधान जारी गर्दा आफूलाई ठूला–ठूला धम्की आएको खुलासा गरे । उनले भने, ‘संविधान जारी नगर्ने पक्षमा रहेको शक्तिहरुले आफूलाई फेरी जेल हाल्ने धम्की दिएपनि आफू त्यस प्रकारका धम्कीबाट विचलित न भएको बताय।’

पार्टी एकतापछि पहिलो पटक बुटवल आएका प्रचण्डले गौतमबुद्धले विश्वमा शान्तिको सन्देश फैलाएको बताउँदै हामीले विश्वका सबैलाई नेपालमा दुई एक भएर सन्देश दिएको बताए नेपाल कम्युनिष्ट पाटीका महासचिव बिष्णु प्रसाद पौडेलले कम्युनिष्टको एकताले विश्वका लागि अध्ययन गर्ने खालका तरिकाले एकता गरेको बताए । उनले केन्द्रमा भएका पार्टी एकता अब छिटै प्रदेश र स्थानीय तहमा पनि हुने बताए ।कार्यक्रममा कृषिमन्त्री चन्द्रपाणी खनाल, नेकपाका नेता टोपबहादुर रायमाझी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ओनसरी घर्ती, शिवराज सुवेदीलगायतले बोलेका थिए । कार्यक्रममा ५ नं प्रदेशका १२ जिल्लाका नेता कार्यकर्ताहरुको ठूलो सहभागिता रहेको थियो ।