नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

१३ बैशाख २०७७, शनिबार १८:०१

काठमाडौं , नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ ।

यसअघिका वर्षहरुमा उहाँको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले यसपाली कुनै पनि औपचारिक कार्यक्रम छैन । विसं १९७८ सालमा काठमाण्डौमा जन्मिनु भएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

लामो राजनीतिक संघर्षको क्रममा १७ वर्ष जेल जीवन बिताउनु भएको थियो
। पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उहाँ बनारसमा जेल पर्नु भएको थियो ।

जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो । उहाँ २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नु भएको थियो ।