नेकपा सचिवालय बैठक बालुवाटारमा

७ असार २०७६, शनिबार १७:१७

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोप भ्रमणका कारण जेठ २३ गतेपछि बैठक बस्न सकेको थिएन । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, बाँकी जिल्लाको कार्यविभाजनलगायत एजेण्डामा छलफल हुँदैछ ।

बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, वामदेव गौतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेलमात्र बैठकमा सहभागी हुनुहुन्छ ।