नेकपा फुटाउन खोज्नेहरुको हालत भट्टराई, राई र मैनालीको जस्तै हुन्छः नेता रिजाल

२० कार्तिक २०७७, बिहीबार १२:१५

नेकपाका युवा नेता रामप्रसाद रिजालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन खोज्नेहरुको हालत जसपा अध्यक्ष बाबुराम भट्टराईको जस्तै हुने बताउनु भएको छ । पछिल्लो समय नेकपामा भइरहेको यो विवादले नेकपालाई अझै बलियो बनाउने उहाँको भनाई छ ।

नेता रिजालले बुधबार नेकपा फुट्छ भनेर उत्साहित हुनेहरुलाई नेकपामा भइरहेको विवादले नेकपालाई झन बलियो बनाउने र पार्टीलाई विधि र पद्धतिमा लैजादै सरकारलाई अझ प्रभावकारी बनाउने बताउनु भएको हो ।
नेता रिजालले नेकपा अझ बलियो परिष्कृत र विकसित हुने बताउनु भएको छ । नेकपा फुटाउन खोज्ने नेताहरुलाई नेता रिजालले वावुराम भट्टराई, अशोक राई र सीपी मैनाली जस्तै हालत हुने भन्दै सचेत गराउनु भएको छ ।