नेकपामा असन्तुष्टि चुलियो माधव नेपालले जलपान कार्यक्रम राखे

१३ आश्विन २०७५, शनिबार ०९:२५

 

काठमाडौं–नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने सचिवालयको निर्णयमा लिखित असहमति जनाएका छन् । आफ्नो अनुपस्थितिमा विधि र प्रक्रिया मिचेर निर्णय गरिएको भन्दै नेपालले महासचिव विष्णु पौडेललाई शुक्रबार असहमतिपत्र बुझाएका छन् ।

उनले शुक्रबारै स्थायी समिति सदस्यहरूको भेला गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल एकलौटी ढंगले अघि बढ्न खोजेकाले त्यसविरुद्ध संगठित आवाज उठाउन आग्रह गरे । स्थायी समितिका नेताहरूका लागि चियापान कार्यक्रम भन्दै उनले राजधानीको नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा झन्डै साढे दुई घण्टा भेला गरेका थिए ।