नेकपाको प्रदेश जिम्मेवारीमा अटाएनन् दलित र महिला

५ आश्विन २०७५, शुक्रबार १६:४७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टि नेकपाले प्रदेशको जिम्मेवारी बाँडफाँड गरेको छ । जिम्मेवारी बाँडफाँडको क्रममा दलित र महिलाहरुलाई भने स्थान दिईएको छ । जिम्मेवारी बाँडफाँडको क्रममा सात वटै प्रदेश मध्य दुई प्रदेशमा मात्र १ दलित र १ जना महिलाले स्थान पाएका छन् ।

कुनैपनि पार्टि वा कमिटहिरु निर्धारण गर्दा आरक्षण कोटाको अनिवार्य व्यवस्था संविधानमै गरिएको बेला आवाज विहिनको आवाजको नारा सहित आएको नेकपाले नै महिला र दलितलाई सौतेनी व्यवहार गरेको छ । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य भएको अवस्थामा पार्टिले भने एक मात्र महिलालाई स्थान दिएको छ । नेकपाले प्रदेश ३ को ईञ्चार्जमा महिला नेतृ ष्टलक्ष्मी शाक्यलाई ईञ्चार्ज तोकेको छ भने् अन्य कुनै पनि प्रदेशबाट महिलाको नामा परेको छैन् ।
यस्तै प्रदेश गण्डकी प्रदेशबाट मात्र एक जना दलितलाई नेकपाले स्थान दिएको छ । गण्डकी प्रदेशबाट सचिवमा गोविन्द नेपालीलाइृ स्थान दिएको हो । अन्य प्रदेशबाट कुनै पनि दलितको नाम परेको छैन् ।