नेकपाकी सचेतक शान्ता चौधरी एसईई परीक्षा दिँदै

१० चैत्र २०७५, आईतवार १०:२५

काठमाण्डौ, नेकपाकी सचेतक शान्ता चौधरीले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसईई परीक्षा दिँदैछिन् । उनले महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् । लामो समय कम्लरी जीवन विताएकी चौधरी राजनीतिमा छिरेकी थिइन ।