नेकपाका प्रदेश कमिटीले पूर्णता पाए,

१३ मंसिर २०७५, बिहीबार ०९:१५

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रदेश कमिटीले पूर्णता पाएको छ । बुधबार बसेको सचिवालय बैठकले सघन छलफलपछि प्रदेश कमिटीलाई पूर्णता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नाम भनेआज बिहीबारमात्रै सार्वजनिक गरिने श्रेष्ठको भनाइ थियो ।

प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव भने असोज ५ गतेको सचिवालय बैठकले चयन गरिसकेको छ ।गत बिहीबारदेखि शुरू भएको सचिवालय बैठकले केन्द्रीय समितिको कार्यविभाजन र पोलिट्व्युरो गठन भने टुंग्याउन सकेन ।
अर्कोपटक बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला कमिटीको मुख्य नेतृत्व टुंगो लगाउने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सचिवालयको बैठकको मिति भने तोकिएको छैन । यस्तै सचिवालय बैठकले पार्टी स्थायी कमिटीको बैठकबारे पनि कुनै निर्णय गरेको छैन ।विधानअनुसार हरेक ३ महिनामा स्थायी कमिटीको बैठक बोलाउनुपर्ने भए पनि २१ असारपछि नेकपा को स्थायी कमिटीको बैठक बसेको छैन ।