निवर्तमान सभामुख महरा सीसीयूमा भर्ना

१ कार्तिक २०७६, शुक्रबार १८:०६

काठमाडौँ , यौन दुर्व्यवहारको आरोपमा पक्राउ पर्नु भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रक्तचाप बढेपछि सीसीयूमा राखिएको छ ।

एक्कासी रक्तचाप बढेपछि अपरान्ह ४ बजे मुटुको एन्जिओग्राफी गरिएसँगै सीसीयूमा राखेर उपचार भइरहेको एक चिकित्सकले जानकारी दिएका छन् । उहाँको रक्तचाप शुक्रबार दुई सय पुगेको छ।

महराको रगत पनि केही बाक्लो देखिएका कारण एन्जिओग्राफी पछि रगत पातलो पार्ने र कोलस्ट्रोल कम गर्ने औषधि दिइएको अस्पतालका चिकित्सकले बताएका छन् ।

असोज १९ मा पक्राउ पर्नु भएका महरा २३ असोजदेखि नर्भिक अस्पतालमा हुनुहुन्छ ।