निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान

५ माघ २०७४, शुक्रबार १०:३६

माघ 5, काठमाडौँ ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

 समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन् ।समानुपातिक निर्वाचन प्रणालीको निर्वाचिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल छन् ।

उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए ।

त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।

  • पाँच सय ५० सदस्यीय प्रदेशसभा पहिलो हुने,

 

  • निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३०,

 

  • र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।