निर्वाचन सम्पन्न गराउन नेपाल सरकारको ठूलो भूमिकाः आयुक्त यादव

२६ मंसिर २०७४, मंगलवार १०:४५

मंसिर २६ ,काठमाण्डौं ।
मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले ठूलो भूमिका रहेको निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले सरकारले खेलेको भूमिका गर्व गर्न लायक रहेको भन्दे मुक्तकण्ठले प्रंशसा गरे । यादवले याव्त सुरक्षा चुनौतिका बीच पनि आममतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको धारणा व्यक्त गरेका छन् । आज राजधानीमा भएको निर्वाचन पर्यवेक्षकहरुको निर्वाचनसम्बन्धि समिक्षा कार्यक्रममा बोल्दै यादवले निर्वाचनमार्फत् आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गरेका छन् ।