निक्की पराजुली फेला परिन

१९ भाद्र २०७५, मंगलवार १६:३१

 

१९ भदौ, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट हराएकी १५ वर्षीय निक्की पराजुली २० दिनपछि भेटिएकी छन् ।

 

भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा फेला पारेको हो ।