निकाले एक जना महिलाको मृगौलाबाट करिब तीन हजारवटा पत्थरी

१३ श्रावण २०७५, आईतवार १६:२७

साउन १३, काठमाडौं ।

मृगौलामा हुने पत्थरीका कारण धेरै मानिस समस्यामा पर्ने गरेका छन् । मृगौलामा सानो आकारका ढुंगा बढेपछि पिसाव लगायतमा समस्या उत्पन्न हुन्छ भने बेलैमा उपचार वा अप्रेशन गरेन भने त्यसले मृगौलालाई खराब गर्न सक्छ ।

तपाईंले सामान्य तया पत्थरी अप्रेशनमा पाँच सात वटा वा १०–१२ वटा ढुंगा भएको सुन्नु भएको होला । तर एक जना महिलाको मृगौलाबाट करिब तीन हजारवटा पत्थरी निकालिएको छ ।

चीनको जियाग्सु प्रान्तमा एक अचम्मको घटना सार्वजनिक भएको छ । उक्त प्रान्तमा एक महिला ढाडको समस्याले पीडित थिइन् । जब उनी उपचारका लागि अस्पताल पुगिन् तब चिकित्सकहरुले उनको मृगौलाबा ६२ हजार ९ सय ८० वटा पथरीका डल्ला निकाले ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार ५६ वर्षीय ती मिलाको ढाड दुख्ने समस्या तथा ज्वरो आएको थियो । उनी उपचारका लागी चाङझोउस्थित बुजिन अस्पताल पुगेकी थिइन् । अस्पतालमा जाँचका क्रममा उनलाई पत्थरी भएको पत्ता लागेको थियो ।

रिपोर्टहरुका अनुसार ती महिलाको किड्नी पथरीमा ठूलो मात्रामा फेला परेको थियो । यो अप्रेशन गर्दा चिकित्सहरुसमे आश्चर्यमा परेका थिए ।

डाक्टरहरुलाई पत्थरी गन्न एक घन्टाको समय लागेको समाचारमा जनाईएको छ । ती महिलाको नाम भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

शरीरबाट पत्थरी निकाल्ने रेकर्ड अहिलेसम्म भारतका एक नागरिकको नाममा थियो । भारत महाराष्ट्रका धनराज वाडिलेको शरीरबाट १ लाख ७२ हजार १ सय ५५ पत्थरी निकालिएको थियो ।