नारायणगढ मुग्लिन सडकखण्ड आजबाट फेरि बन्द

३ माघ २०७४, बुधबार ०९:३३

माघ ३, काठमाडौं ।

निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार रातिबाट फेरि बन्द हुने भएको छ । माघे संक्रान्तिको अवसरमा पुस २९ गतेबाट खुल्ला रहेको सडकखण्ड बुधबार राति १० बजेबाट विहान ४ बजेसम्म बन्द हुने भएको हो ।

यसअघि गत पुस १८ गतेबाट रातिको समयमा सडक बन्द गरी निर्माणको काम सुरु गरिएको थियो ।
माघे संक्रान्ति मेलामा देवघाट दर्शनका लागि आउने भक्तजनहरुको सुविधालाई ख्याल गरी पुस २९ देखि माघ २ गतेसम्म सडक सुरु गरिएको थियो ।

सम्झौता मिति सकिन एक महिना मात्र बाँकी हुँदा आयोजनाको काम ६८ प्रतिशत सम्पन्न भएको छ

स्रोत–अनलाइनखबर