नयाँ शक्तिको निर्णय : विचार र निति मिल्नेसँग एकता हुने

२३ बैशाख २०७५, आईतवार ०९:४८

वैशाख २३, काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपालले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता र सहकार्य हुनसक्ने स्पष्ट पारेको छ । साथै विचार, लक्ष्य, नीति, कार्यक्रम र शैली मिल्नेसँग एकता र ध्रुवीकरण गर्ने नयाँ शक्तिको नीति रहेको जनाएको छ ।

नयाँ शक्तिले राजनीति एक गतिशील प्रक्रिया भएको भन्दै राजनीतिक दल र नेतृत्वबीच भेटघाट र छलफल हुनु स्वभाविक भएको जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच केही दिन अघि भएको भेटलाई लिएर टिकाटिप्पणी भई रहदा नयाँ शक्तिले आफ्नो धारणा सार्वजनिक गरेको हो ।