नयाँ ग्रह फेला

२ माघ २०७४, मंगलवार ०७:५९

माघ २, काठमाडौं । (एजेन्सी)
विश्वभरि पैmलिएका वैज्ञानिकको सहयोगबाट गत अप्रिलमा एउटा तारालाई परिक्रमा गरिरहेको चारवटा ग्रहसहितको परिवार पत्ता लागेको थियो ।                                                                                            उक्त बाह्य सौर्य प्रणालीको पाँचौ ग्रह पनि भएको लगायत केही अनैठो विशेषता रहेको अनुसन्धानकर्ताले एक अखबारमा प्रकाशित लेखमा खुलासा गरेका छन् ।

के २–१३८ नामक उक्त ग्रहीय प्रणाली वरुणभन्दा साना कम्तीमा ५ ग्रह र तिनीहरुको आकार पृथ्वी र वरुणबीचको भएको नयाँ अनुसन्धानले देखाएको छ ।
ती ग्रहको कक्ष उनीहरुको मादा ताराको अत्यन्तनजिक, सूर्यबाट बुध ग्रहको भन्दा कम दूरीमा रहेको जनाइएको छ ।