नगरपालिका भित्रका किसानलाई कृषिजन्य सामग्री बितरण

१० जेष्ठ २०७५, बिहीबार ११:५५

जेठ १०, काठमाडौं ।

रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री हस्तानतरण गरेको छ ।

कृषिमा यान्त्रिकरण गरौ उत्पादन लागतमा घटाउ भन्ने नाराका साथ नगरपालिका अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकरणले नगरपालिका भित्रका किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री बितरण गरिएको हो ।

नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत प्रत्येक वडा स्तरमा रहेका ब्लग समितिहरुलाई हस्तानतरण गरिएको रेसुङ्गा नगरपालिका कृषि शाखा प्राबिधिक सहायक चेतनारायण पन्थीले जानकारी दिए ।

नगरपालिकाले बिहिबार एक कार्यक्रमका बीच १० वटा समूहलाई थोपा सिंचाई सामग्री र १५ वटा समूहलाई तरकाली जाली घर सामग्रीहरु बितरण गरेको थियो ।

कृषकहरुलाई नगरपालिका उपप्रमुख सीता भण्डारीले सामग्री दिएर हस्तानतरण गरेकी थिइन् । प्रदान गरिएका थोपा सिँचाइ सामग्रीको प्रति मूल्य ३ हजार ५ सय र तरकारी जालि घरको १ लाख कुल रकम रहेको छ । त्यसको ५० प्रतिशत नगरपालिकाले अनुदान दिने गर्दछ ।

सामग्री हस्तानतरण गर्दै नगर उपप्रमुख भण्डारीले ५० प्रतिशत अनुदानमा पाए पनि आफ्नै करको रकमबाट पाएकाले सामग्रीहरुबाट धेरै फाइदा लिन आग्रह गरिन् ।

नगरपालिकाले नगरभित्र १८ वटा कृषि समूहलाई मिनि टेलर पनि बितरण गरेको जनाएको छ ।

नगरपालिकाको ५० प्रतिशत रकम र ५० प्रतिशत कृषकको अनुदानमा प्रदान गरेको प्राबिधिक सहायक पन्थीले जनाकारी दिए ।