धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

१६ माघ २०७५, बुधबार १६:१५

काठमाडौं , धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । समारोहमा प्रधानमन्त्री ओलीका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।