धुनषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२८ श्रावण २०७७, बुधबार १३:३८

जनकपुरधाम , सवारी दुर्घटनामा धनुषामा एकजनाको मृत्यु भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ वकिल टोलका २२ वर्षीय अशोक यादवको मंगलबार राति सवारी दुर्घटनामा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

महेन्द्रनगर तर्फबाट जनकपुरधाम आउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा भएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनु भयो ।
लु ५६ प ५७ नम्बरको मोटरसाइकल सवार यादव र लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले यादवलाई मृत घोषित गरको मिश्रले बताउनु भयो । घाइते दुईको अवस्था मध्यम रहेको र उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ ।