धर्म र संस्कृतिको संरक्षण गर्न नागरिक चनाखो हुनुपर्ने परिस्थिति आएको छ

२५ आश्विन २०७६, शनिबार १८:४०

बिष्णुप्रसाद शर्मा

वैदिक सनातन हिन्दु धर्मले संस्कार सिकाउछ । वैदिक सनातन हिन्दु धर्म हाम्रो आत्मा हो । यो धर्मलाई जर्गेर्ना गर्नु हामी सवै हिन्दु धर्म मान्नेहरुको कर्तव्य र दायित्व हो । वैदिक सनातन हिन्दु धर्ममा हाम्रो रितिरिवाज , संस्कार र संस्कृति गाँसिएको छ। समुदायबीचको एकता बलियो बनाउन वैदिक सनातन हिन्दु धर्मले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मुलुकलाई धर्म निरपेक्षता बनाएर हिन्दु धर्म मास्ने खेल भइरहेको छ , यो राष्ट्रिय एकतालाई कमजोर बनाउने खेल हो ।

नेपालको इतिहास मेटाउन प्रधानमन्त्री , भूपु प्रधानमन्त्री , मन्त्री र सभासद समेतले आफैले हस्ताक्षर गरेको दस्तावेजको उपहास गदै छन । देशका बिभिन्न स्थानहरुमा बिश्वभरका हिन्दुहरुको आस्थाप्रति अनावश्यक लालछञ्ना लगाई नारा , जुलुस र झडपहरु भइरहदा प्रहरी , प्रशासन मौन छ , बुद्धको मुर्ति फुटेका छन् । सनातन देखि चलि आएका चाडपर्वहरु , उत्सवहरु प्रति भ्रम फैलाउने कार्यहरु भइरहँदा सरकार मौन समर्थनमा छ । हिन्दुहरुले अरु कुनै धर्मको बिरोध गरेको छैन र पश्चिमाहरुको चालवाजीले सामाजिक सदभावलाई भड्काउने काम गर्नु निन्दनीय छ ।

सनातनदेखि चलिआएका सांस्कृतिक रितिरिवाजले हामीलाई सत्य र नैतिकतामा रहने मार्गदर्शन दिइरहेको हुन्छ। सत्यको बाटो अवलम्बन गदै अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हाम्रा मौलिक परम्पराबाट हामी सवैले शिक्षा लिनुपर्ने आजको आबश्यकता हो । नयाँ पुस्तालाई सांस्कृतिक चेतना जगाउनु हिन्दु धर्मको कर्तव्य हो । अव त्यता तिर सवैको ध्यान जान जरुरी छ । आज स्वाभिमानी नागरिकको शिर निहुरिएको छ। धर्मले सत्यलाई अंगीकार गराउँछ। यसले नागरिकलाई अनुशासनको बन्धनमा राख्छ। अनुशासन र नैतिकताले दुष्कर्म समाप्त गर्छ। जुनसुकै देशको धर्म–संस्कृति त्यहाँको आत्मा हो। हामीले पनि हाम्रो आत्माको जगेर्ना गर्नुपर्छ। यसलाई तिरस्कार गर्नाले आज जताततै लोभ र अहंकार व्याप्त भयो। विदेशी हस्तक्षेप व्यापक भयो। त्यसैले हाम्रो गौरवमय इतिहासबाट सिक्ने थालनी गरौं। धर्म–संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढने प्रयत्न गरौ ।


राजनीतिक दल र तिनका केहि नेताहरुले वैदिक सनातन हिन्दु धर्म मास्ने कोसीस गरिरहेका छन । जसले गर्दा आज यो परिणाम भोग्दै छन । धर्म–संस्कृति र सभ्यता समाप्त पार्न राजनीतिक दलका मुख्य नेताहरु नै प्रयोग भए या प्रयोग गरिए त्यो अझै बुझन सकिएको छैन । अव मुलुकको राजनीति शुद्धीकरणतर्फ उन्मुख हुन जरुरी छ । शक्ति र धनको आडमा मुलुक बर्वाद बनाउने काम भइरहेको छ । जसले पुर्खाको नासोलाई संरक्षण गर्दैन, उसको भलो जीवनमा हुदैन । हाम्रा गौरवपूर्ण आदर्श बिर्सने काम कसैले गर्नु हुदैन । अहिले गौरवपूर्ण आदर्श बिर्सने काम भएको छ। राज्यले धर्म र संस्कृतिको संरक्षण गर्नु पर्छ । यो उसको दायित्व हो । तर गदैन । धर्म र संस्कृतिको संरक्षण गर्न नागरिक चनाखो हुनुपर्ने परिस्थिति आएको छ ।


मुलुकभित्र मानिने धर्म–संस्कृतिको संवद्र्धनभन्दा पश्चिमी संस्कृतिको सुरक्षामा केहि नेताहरु लागी रहेका छन । होलिवाइन प्रकरण यसको ज्वलन्त उदाहरण हो। सत्ताबाटै विदेशी संस्कृतिको संरक्षण भइदिँदा हाम्रो सांस्कृतिक एकतामा बाधा पुगेको छ । वैदिक सनातन धर्म भनेको हिन्दु धर्म हो। हजारौं वर्षदेखि बसोवास गर्दै आएका यहाँका जाति–जनजाति आदि सबैको मूल धर्म वैदिक सनातन धर्म नै हो। वेदले समेत यसको पुष्टि गरेको छ। अहिले आएर आयातीत संस्कृतिमा रमाउने केही देशीविदेशी तत्वले हाम्रो धर्म–संस्कृतिमा भ्रम छर्ने काम गर्दै आएका छन । यिनको पछि दौडने काम कसैले नगरौ । इतिहास मेटाउन खोज्नेहरुलाई इतिहासले नै दण्डित गरिराखेको छ । शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।