धनकुटाको सार्वजनिक स्थलमा नेपाल रेडक्रम सोसाइटीले कीटनाशक औषधि छर्किँदै

११ जेष्ठ २०७७, आईतवार १२:०२

धनकुटा , धनकुटामा नेपाल रेडक्रम सोसाइटीले सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किएको छ। धनकुटामा चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएपछि रेडक्रसले धनकुटा अस्पताल क्षेत्रमा कीटनाशक औषधि छर्किएको हो। रेडक्रसले सडकका किनारामा पनि कीटनाशक छर्किएको छ। बजार क्षेत्रमा कीटाणुहरु नष्ट गर्न मेडिकल ल्याबमा प्रयोग हुने सोडियम हाइपो क्लोरेटुमा पानी मिसाएर छर्केको रेडक्रस धनकुटाका सभापति हरिकुमार राईले बताउनु भयो ।