दोलखामा एक जना मृत फेला

४ आश्विन २०७७, आईतवार १४:०६

काठमाडौं, दोलखाको शैलुङ गाउँपालिका ८, कोभिण्डेका ४३ वर्षीय खड्गबहादुर थपलिया मृत फेला परेका छन्।

घरदेखि करिब ५०० मिटर टाढा पाखखर्क भीरबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन्।

घरबाट कसैलाई केही नभनी उनी हिँडेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।