दैलेखमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

१३ मंसिर २०७६, शुक्रबार १४:५०

दैलेख , दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्राभन्ने स्थानमा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको हाइस दुर्घटना शुक्रबार बिहान भएको हो।

दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेहरुको प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेका छन्। दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।