देउवाको प्रश्न — महरामाथि किन कार्वाही नगरिएको ?

१९ आश्विन २०७६, आईतवार १३:५०

काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’का दोषीमाथि कारबाही नगरेकोमा सरकारप्रति रोष प्रकट गर्नु भएको छ । देउवाले यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कारबाही गर्नुको साटो सरकार आफैँले संरक्षण गर्ने काम गरिरहेको बताउनु भएको छ ।

दसैँको अवसर पारेर काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा उहाँले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको ? भनी सरकारलाई प्रश्न गर्नु भयो ।