दुर्घटनाग्रस्त क्षेत्रका सीसीटिभी चल्दैनन्

१७ फाल्गुन २०७६, शनिबार ०९:१९

काठमाडौं, ६ लेन सडकअन्तर्गत मध्यपुर–थिमि नगरपालिका क्षेत्रमा रहेका सीसीटिभी क्यामेरा महिना दिनदेखि चलेका छैनन् । अरनिको र बीपी राजमार्ग भई आउने सम्पूर्ण सवारी साधन यही बाटो भएर राजधानी छिर्छन् । तर, उक्त सडकको महत्त्वपूर्ण चोक तथा स्थानका सीसीटिभी मर्मत हुन सकेको छैन ।
सीसीटिभी क्यामेरा मर्मत नहुँदा सडक असुरक्षा बढेको र अनुसन्धान प्रभावित भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । (आजको अन्नपूर्ण पोष्टबाट)