दुई राप्रपाबीच शुक्रबार पार्टी एकता घोषणा

१८ माघ २०७५, शुक्रबार ०९:४५

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा संयुक्त राखिने भएको छ ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ ।दुई पार्टीबीच शुक्रबार एकता घोषणा गरिने र एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ ।