दिपक मनाङ्गेको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड कर्नर नोटिस जारी

४ चैत्र २०७४, आईतवार ०८:४२

चैत ४, काठमाडौं ।

प्रदेशसभा सांसद् राजीव गुरुङ (दिपक मनाङे ) को नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् ।

मनाङ्गे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा रेडकर्नर नोटिस जारी गर्ने पहल थालेको थियो ।

यसअघि २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो ।

त्यसयता उनी फरार छन् ।