दार्चुलामा युवा इन्जिनियरको उम्मेदवारी

७ कार्तिक २०७४, मंगलवार १४:०९

कात्तिक ७, काठमाडौँ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा दार्चुलाबाट युवा इन्जिनियर जितेन्द्र महराले उम्मेदवारी दिएका छन् ।

उनी नयाँ शक्ति पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट डिप्लोमा इन इन्जिनियरिङ र पोखरा विश्वविद्यालयबाट मास्टर्स गरेका महरा अब राज्यको शासनको बागडोर युवाले लिनुपर्ने बताउँछन् । राजनीतिक यात्रामा लाग्नुअघि विभिन्न सञ्चार माध्यममा प्राविधिकका रूपमा आवद्ध रहेका उनले दार्चुलाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन् ।