दशैंमा तीन सुरक्षा निकायका छुट्टा छुट्टै बस सेवा सञ्चालन गर्ने

३० आश्विन २०७५, मंगलवार ०९:०५

हिन्दू नेपालीको महत्वपूर्ण चाड दशैंको अवसरमा तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गर्ने निर्णय गरेका छन् राजधानीमा सवारी साधन अत्याधिक न्यून चल्ने भएकाले यात्रुको सुविधालाई मध्यनगर राख्दै बस सञ्चालन गर्न लागिएको तीव वटै सुरक्षा निकायले जानकारी दिएको छ । नेपाली सेनाले विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने निर्णय गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सो दिन तीस सिट क्षमताका बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ । त्यसै नेपाल प्रहरीले नागरिकको सहजताका लागि असोज ३१ तथा कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्नेछ ।

प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन् । प्रहरी प्रधान कार्यालयका अनुसार नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिइने छ । त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्सालसम्म पनि प्रहरीको बस चल्नेछन् । प्रहरीको निःशुल्क बस बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा संचालन गर्ने छ । सशस्त्र प्रहरी बल हल्चोकका अनुसार निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ०८ः०० बजेदेखि बेलुका ०६ः०० बजे सम्म चल्ने जनाइएको छ ।