‘दशैँको जमरा’ नामक गीतको भिडियो सार्वजनिक

१० आश्विन २०७६, शुक्रबार १९:२१

काठमाडौँ , गायक दिनेश भण्डारी, सुफिक्स मदन र सारदा शिलवालको आवाजमा दशैँको शुभकामनासहित ‘दशैँको जमरा’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक सफिक्स मदन र सारदा शिलवालको शब्द रहेको छ भने सफिक्स मदनकै संगीत छ । उक्त गीतको भिडियो त्रिपुरा म्युजिकको युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

सोही भिडियोमा नविन विरही श्रेष्ठको निर्देशन रहेको छ भने बिरेन्द्र परियारको छायांकन छ । त्यस्तै सुनिल नेपाली र बुनु लामाले उक्त भिडियोमा अभिनय गरेका छन् ।