दबंग ३ को ब्यापारले सलमान निराश

१४ पुष २०७६, सोमबार १२:०१

एजेन्सी, अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । प्रदर्शन भएको दोस्रो सातामा पनि यस फिल्मले खासै राम्रो ब्यापार गर्न सकेन । अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्युज’ रिलिज भएपछी फिल्म दबंग ३ को ब्यापार खस्किएको हो । फिल्मले खासै राम्रो ब्यापार गर्न नसकेपछी अभिनेता सलमान खान निराश भएका छन् । हालसम्म यस फिल्मले १ सय ३३ करोडको मात्र व्यापार गरेको छ ।

१ सय ३३ करोड ९ औं दिनको ब्यापार हो । ९औं दिनमा यस फिलमले मात्र ४ करोड रुपैयाको ब्यापार गरेको छ । धेरैले फिल्म दबंग ३ मा कथा निकै कमजोर भएको बताएका छन् । यस फिल्मले २ सय करोडभन्दा माथिको व्यापार गर्ने आशा गरिए पनि त्यो अनुसार ब्यापार नभएपछी सलमान निराश भएका छन् । (क्यानाडानेपाल बाट)