थापा र राणाबीचको भेटवार्ता सकारात्मक

२१ कार्तिक २०७५, बुधबार १०:५८

 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको विषयमा वार्ता सकारात्मक रूपमा सकिएको छ ।

एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति दुई अध्यक्षबीच भएको छ । उनीहरूबीच पार्टी विभाजन हुनुअघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजका आधारमा एकीकरण गर्ने सहमति भएको हो ।

कमल थापा भन्छन,वार्ता सकारात्मक
राप्रपा अध्यक्ष थापाले राणासँगको वार्ता सकारात्मक भएको बताएका छन् । ‘समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीतिअनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरासँग सौहार्दपूर्ण कुराकानी भयो । वार्ता सकारात्मक रहेको छ । वार्ता जारी रहनेछ,’ थापाले ट्विटरमा लेखेका छन् ।