थाक्रे गाँउपालिकाको सम्भावना र चुनौति

६ फाल्गुन २०७५, सोमबार १४:३२


बिमल के सी

धादिङ जिल्लामा अवस्थित थाक्रे गाँउपालिका नेपालकै आयश्रोत बढी भएको गाँउपालिकाको सुचिमा पर्दछ । साविकका थाक्रे, केवलपुर तसर्फु भुमेस्थान र गोगनपानी गा.वि.स.का केही वडा समेटेर थाक्रे गाँउपालिका निर्माण गरीएको हो । भौगोलिक रुपमा मुलत पहाडी गाँउपालिकाको रुपमा रहेपनी महेश खोलाले बनाएका टारहरु तथा विभिन्न फाँटहरुले गाँउपालिकाको भौगोलिक स्वरुपमा विविधतायुक्त वनाईएको छ । काठमाडौ जोड््ने पृथ्वी राजमार्गले समग्र धादिङ जिल्लाको आर्थिक अवस्था मजवुद वनाएसंगै यस राजमार्गवाट थाक्रे गाँउपालिकाले पनि आर्थिक मजवुती कायम राखेको जो कोहिले पनि सहजै देख्न सक्छ ।
करीब ३५ हजार जनसंख्या रहेको यस गाँउपालिकाका अधिकांश जनताहरु कृषि पेशामा आधारीत छन् । कृषि व्यवसायमा पनि तरकारी खेती यहाँका वासिन्दाको मुख्य वाली हो । थाक्रे गाँउपालिकाको विचभागमा वग्ने महेश खोला र महेश खोलाको किनारै किनार भएर काठमाडौ जोड्ने यो राजमार्गका कारण धेरै थाक्रे वासी व्यवसायी अझ भनौँ व्यापारीको रुपमा स्थापीत भएका छन् । गाँउपालिकाका मुख्य वजार क्षेत्र महादेवबेशी धार्के र सिम्ले आशपास वजारक्षेत्र दिनप्रतीदिन विस्तार हने क्रममा छन । यसरी विस्तार हुँदै गरेको वजार क्षेत्र उद्योग क्षेत्रका लागि उपयुक्त स्थान विकास निर्माणका पूर्वाधारहरु लाई हेर्दा निकट भविष्यमै नगरपालिका परीणत हुने कुरामा विश्वास गर्न सकिन्छ र यसका लागि थुप्रै आधारहरु तयार हुँदै गरेको पनि देख्न सकिन्छ । कृषि उपजको उत्पादन संगसंगै अरु व्यवसाय पनि गाँउपालिकामा फस्टाएको देखिन्छ । देशको राजधानी काठमाडौ उपत्यका संग नजिक र सडक सञ्जाल जोडिएका कारण व्यवसायको रोजाइमा पर्ने गरेको छ । जस्तै हाल सञ्चालनमा रहेका ग्याँस उद्योग इँटा कारखाना क्रसर उद्योग कृषिमा आधारीत व्यवसायीक फर्म तथा उद्योग सञ्चालनमा आइसकेका छन् । साथ साथै होटल व्यवसाय यहाँको महत्वपूर्ण व्यवसायको रुपमा फस्टाउँदै गएको पाइन्छ ।

ब्राहमण क्षेत्रीको वाहुल्यता रहेपनी यस थाक्रे गाँउपालिकामा तामाङ जातिको वसोवास पनि उल्लेख्य रहेको देख्न सकिन्छ । त्यसैगरी दलित समुदाय तथा अन्य जनजाती समुदायको वसोबास पनि गाँउपालिकामा रहेको छ । यस गाँउपालिकामा हिन्दु धर्मालम्बीहरुको बाहुल्यता रहेपनि बौद्ध क्रिस्चीयन र मुस्लीम धर्मालम्बीहरुको साझा फूलबारीका रुपमा रहेको छ । ९६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको यस गाँउपालिकाको पूर्वमा घुनीवेसी नगरपालिका पश्चिममा गल्छी गाँउपालिकामा उत्तरमा नुवाकोट जिल्ला र दक्षीणमा मकवानपुर जिल्लाको थाहा नगरपालिका पर्दछ ।

देश नयाँ संरचनामा गईसकेपछी स्थानीय तहमा स्थानीय सरकार गठन भईसकेपछी विकास निर्माणका लागि भौतिक पूर्वाधारका क्षेत्रमा क्रमश सुधार हुँदै गएको छ । विशेष गरी सडक विद्युत सञ्चार खानेपानी जस्ता विकासका लागि अति आवश्यक पूर्वाधारहरु तयार भईसकेका छन् । थाक्रे गाँउपालिकाले पनि आफनो बजेटको अधीकाशं हिस्सा यिनै पूर्वाधार खर्चने गरेको छ । थाक्रे गाँउपालिकाका ११ वटा वडामा मोटरवेल सडक पुगिसकेको छ । अझै पनि गाँउ गाउँमा सडक निर्माण कार्यले निरन्तरता पाइरहेको छ । पृथ्वी राजमार्ग बाहेका अधिकाशं सडक कच्ची रहेका छन् । कच्ची सडकलाई बाह्रैमहिना मोटर चलाउन सकिने गरी क्रमश स्तरोउन्नती गर्दै जाने गाँउपालिकाको योजना छ । गाँउ गाँउमा सडक पुगे सँगै स्थानीयहरु आफनै घर अगाडी गाडि पुगेपछी खुसी देखिन्छन् । घरायसी आवश्यक सामाग्री किनमेल गर्न धार्के माधवबेशी सिम्ले धाउनु पर्ने अन्त्य भएको छ । थाक्रे गाँउपालिका पहाडी भूबनावटमा रहेता पनि हावा पानीमा विविधता रहेको छ जस्ले गर्दा वेशीमा उष्ण र पहाडी भागमा समसितोष्ण रहेका कारण कृषि उत्पादनमा समेत विविधता देखीन्छ । महेश खोला आसपासका आग्रा खोला गणेश खोला आसपासका फाँटमा प्रशस्त धान उत्पादन हुने गरेको छ । मध्य पहाडी क्षेत्रमा धान, मकै, गहुँ, तोरी लगायत विभिन्न खाद्यवाली उत्पादन हुृने गरेको छ । भने गाँउपालिकाको उत्तरी पहाडी क्षेत्रमा हिँउ समेत पर्ने भएकाले उक्त क्षेत्रमा कोदा,े फापर, आलु विभिन्न खाद्य वाली उत्पादन हुने गरेको छ । कृषि उत्पादनमा विविधता संगै थाक्रे गाउपालिकाको अर्काे संम्भावना बोकेको पर्यटन क्षेत्र पनि हो । गाउपालिकाबाट गणेश हिमाल लगायत थुप्रै हिमशृङ्खला देख्न सकिन्छ । प्रकृतिले दिएको सुन्दर सुन्दर उपहारलाई मनन गर्दै गाउपालिकाले पर्यटन विकासलाई जोड दिदै विभिन्न योजना तथा कार्यक्रम बनाएको छ र योजनाबद्ध ढङग बाट थाक्रे गाँउपालिकाको पर्यटकीय क्षेत्रको पहिचान र त्यसको पूर्वाधार विकास गरी प्रचारप्रसार कार्यक्रममा समेत ध्यान दिएको छ ।

थाक्रे गाँउपालिका अन्तगर्त वडा नं. ६ र ४ मा अवस्थित रानी झरना यस गाँउपालिका का प्रमुख पर्यटकीय क्षेत्र मध्ये एक हो । पर्यटककीय दृष्टिकोणले निकै नै सम्भावना बोकेको यो रानी झरना लाई देख्न विदेशबाट पर्यटकलाई आकर्षित बनाउन यो क्षेत्रको विकाश गरी उत्कृष्ट गन्तव्य निर्माणमा गाँउपालिका लागिपरेको छ । रानी झरनाको अवलोकन गर्नको लागि सहज वनाउन सडकको व्यवस्थित निर्माण र झरना सम्म पुग्नको लागि ढलान युक्त सिँडिको निर्माण गरीएको छ । यसबाट आन्तरीक पर्र्यटकको पिकनीक स्पट र मनोरञ्जन स्थल वनेको छ । यस वाट यस आसपासका वस्तिहरुको निकट भविष्यको लाभ लिने कुरामा विश्वास गर्न सकिन्छ । थाक्रे गाँउपालिकाको अर्काे महत्वपूर्ण पर्यटकीय स्थलमध्ये वडा नं. ३ मा अवस्थीत भूमिचुली पनि एक हो । समुन्द्र सतहदेखी २ हजार उचाइमा अवस्थित यस चुलिबाट गणेश हिमालको साथसाथै दर्जनौ हिमश्रृंखलाको दृष्यअवलोकन गर्न सकिन्छ । यसको साथैसाथै दर्जनौ हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । यसको साथसाथै नुवाकोट काठमाडौ मकवानपुर गोरखा लगायत धादिङ जिल्लाका वस्तीहरु नियाल्न सकिन्छ । भुमीचुुुली पर्यटकीय संम्भावना र यसको महत्वलाई आत्मसात गर्दै थाक्रे गाँउपालिकाले यस क्षेत्रको विकासका लागि विभिन्न योजना तथा कार्यक्रम बनाएको छ । जस अन्तर्गत महादेववेशी भुमिचुली सडक निर्माणको काम भईरहेको छ भने दृष्यावलोकन लागि भ्यू टावर निर्माण गर्ने जनाएको छ । भूमिचूली क्षेत्रवरपर तामाङ संस्कृती रहनसहन अर्काे आकर्षणको विषय हो । तामाङ रितीरीवाज रहनसहन कोदो फापर आलु वाट वनाइएका परिकारले यहाँ देशै भरी फस्टाएको होम स्टेको संम्भावना यस क्षेत्रले बोकेको छ । पर्यटनको अर्काे सम्भावना भनेको यस थाक्रे गाँउपालिकामा विभिन्न गाँउमा अवस्थित प्राचिन धार्मिक सांस्कृतीक ऐतिहासिक महत्व बोकेको धरोहर पनि छन् ।

महादेबवेशीमा अवस्थीत महादेव मन्दिर कुृचीलादेवी मन्दिर राधाकृष्ण मन्दिर गणेश मन्दिर वासुदेव पौवा सुन्दर देवी मन्दिर धार्मिक आस्था संगै इतिहासमा रुची राख्नेहरुको लागि उत्कृष्ट गन्तव्य हुन भन्दा फरक नपर्ला थाक्रे गाँउपालिका पानीको स्रोतको हिसावले पनि सम्पन्न छ । तर भौगोलिक स्वरुपका कारण सवै थाक्रे वासीले सहज रुपमा सिंचाइ तथा खानेपानी प्राप्त गर्न नसकेको यथार्थ विद्यमान छ । खानेपानीको आपुर्तीलाई सहज बनाउन गाँउपालिकाले विभिन्न योजना बनाएको छ । प्राकृतीक रुपमा उपलब्ध पानीका मुहानलाई व्यवस्थीत गरी खानेपानी उपलब्ध गराएको छ भने पानीका स्रोत कम भएका क्षेत्रमा नविन प्रविधी डिप बोरीङको मार्फत खानेपानीको आपुर्ती तथा सिंचाइको सुविधा पुरयाउने उद्येश्यका साथ गाँउपालिका क्रियाशिल रहेको छ र फलस्वरुप केवलपुर क्षेत्रमा सफलका साथ डिप बोरीङ बाट पानी निकालिएको छ । खानेपानी अभाव झेल्दै आएका यस क्षेत्रका स्थानीय वासी डिप बोरीङबाट पानी आपुर्तीं हुने भएपछि निकै हर्षित भएका छन् थाक्रे गाँउपालिका तिब्र औद्योगीकरण हुँदै गईरहेको छ र यसले गाँउपालिकामा रोजगारीको अवसर सिर्जना गरेको छ भने गाँउपालिकाको आन्तरीक आयस्रोतमा समेत बृद्धि भएको छ । यस गाँउपालिकामा दर्जनौ इँटा भट्टा सञ्चालित छन यो क्रम बढ्दो छ । गाँउपालिकाको मैदानी समथर भागमा ईँटा भट्टा केन्द्रित छन् जस्ले गर्दा खेतीयोग्य जमिन नासीदै जाँदा त्यसले उत्पन्न गर्न सक्ने समस्या दिर्घकालिन प्रभाव बारेका बारेमा गाँउपालिका सचेत हुन जरुरी छ । स्थानीय किसान ईटा भट्टा सञ्चालनको विरोधमा छन् खतीयोग्य जमिन मासिने वायु्प्रदुषण उच्च रहन गई बालीनालीमा समेत नराम्रो प्रभाव पार्नंे गरेको स्थानीयको बुझाइ छ । थाक्रे गाँउपालिका आन्तरीक आयलाई व्यवस्थीत बनाउन क्रियाशिल रहेको छ । यस गाँउपालिकाको वार्षिक आन्तरीक आय १२ करोड रुपैंया रहेको छ । आर्थिक आयस्रोत प्रत्येक बर्ष वढ्दो क्रममा रहेको तथ्याकंले देखाउँछ । गाँउपालिकामा ओम ग्यास श्रीराम ग्यास मेट्रो काठमाडौ लगायत ठुला ग्यास उद्योग रहेका छन् । पृथ्वी राजमार्ग यस गाँउपालिका विच भागबाट छिचोल्दै राजधानी संग जोडिने हुनाले देशका ठूला उद्योगपति व्यवसायी पहिलो रोजाइमा पर्न सक्ने संम्भावनालाई नकार्न सकिन्न ।

धादिङ जिल्ला नेपालको शिक्षित जिल्लाहरुको सुचिमा पर्दछ । यस जिल्लाको साक्षरता दर ९० प्रतिशत भन्दा माथि रहेकोमा गाँउपालिकाको साक्षरता दर पनि ९० प्रतिशत भन्दा माथि रहेको छ । यस गाँउपालिकामा आधारभुत विद्यालय माध्यमिक विद्यालय क्यामपस लगायतका शैक्षिक संस्था रहेका छन् । थाक्रे गाँउपालिकामा गाँउपालिकाको कार्यलाय लगायल अधिकाशं वडा कार्यालयहरु बहालमा लिई कार्यसम्पादन गर्दै आएको छ । यस लाई मध्यनजर गर्दै महादेबवेशी बजार नजिकै गाँउपालिकाको भवन निर्माणको तयारी सुरु गरीसकिएको छ । वडा कार्यालयकाहरुका लागि पनि भवन निर्माणको पूर्वाधार तयार गर्ने कामलाई तिव्रता दिएको गाँउपालिकाले जनाएको छ । यस गाँउपालिकाका सामु थुप्रै राम्रा अवसर छन् भने चुनौती रहेका छन जस्तै सडक सञ्जाल कमजोर हुनु एक हो । एकै पटक सिमित बजेटका कारण विकास निर्माण कार्य नसकीने भएकाले जनताको आवश्यकता र मागलाई ध्यानमा राखी प्राथमिकरणको आधारमा विकास निर्माणका कामलाई अगाडी बढाउने गाँउपालिकाको योजना छ । थाक्रे गाँउपालिकाका बजार क्षेत्र महादेबवेशी सिम्ले धार्के लगायतका स्थानमा अव्यवस्थीत ढङगले बजार विस्तार भईरहेको छ । जस्ले गर्दा ढल निकास फोहर व्यवस्थापन खानेपानी विद्युत सञ्चार जस्ता भौतीक पूर्वाधारहमा समस्या उत्पन्न भईरहेको छ । थाक्रे गाँउपालिका कृषि उत्पादनमा समेत महत्वपूर्ण संभावना बोकेको गाँउपालिकाको रुपमा चिनिन्छ भने तरकारी खेतीमा अग्रस्थानमा रहेको पछिल्लो समय अव्यवस्थीत सहरीकरण औद्योगिकरण उन्मुख हृुँदै जाँदा कृषि योग्य जमिन मासीदै गएको छ यस तर्फ भने गाँउपालिकाको समयमै ध्यान जान जरुरी छ । गाँउपालिकाबाट उपलब्ध सेवालाई प्रभावकारी तथा जनमैत्री बनाउन कुृनै पाटीगत आस्था विचार भन्दा पनि समग्र थाक्रे वासीको हितलाई केन्द्रबिन्दुमा राखी सेवा प्रबाह गर्दै आएको जनप्रतिनीधीको भनाई छ । आर्थिक पार्दशिता स्वतन्त्र न्याय सेवामा पनि उत्तिकै चनाखो र क्रियाशिल रहेको छ । समाजमा भईरहेको महिला हिंसा गरीबीका कारण पढ्न नपाएका बालिवालिका असहायहरुको उद्धार सहयोग लगायतका कामलाई समेत स्रोत साधनको अभाव रहदा रहदँै पनि सिमित स्रोत साधन लाई अधिकतम प्रयोग गर्दै सामाजिक सेवाको दायरा लाई फराकिलो बनाउन सफल रहेको देखिन्छ । थाक्रे गाँउपालिकाका एक नगरउन्मुख गाँउपालिका हो यस तथ्यलाई आत्मसात गर्दै गाँउपालिकाका योजना तथा कार्यक्रमहरु निर्माण गर्न जरुरी छ । दिर्घकालिन सोंच दिगो बिकास आर्थिक पार्दशिता निर्माणधिन योजनाहरुको अनूगमन नियमन गर्दै अघाडी बढ्न सकेमा समृद्ध थाक्रे सुखी थाक्रे बासी लाई साच्चीक्कै व्यवहारमा उतार्न सकिन्छ र थाक्रे गाँउपालिलाई देशकै नमुना गाँउपालिकाका रुपान्तरण हुने कुरामा दुई मत छैन ।