थप ४२१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको सख्या ९,०२६ पुग्यो

७ असार २०७७, आईतवार १६:५७

काठमाडौं , आइतबार थप ४२१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४२१ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ९,०२६ जना पुगेको छ । पछिल्लो पटक आइतबार ४२१ जना संक्रमित थपिएका हुन् । यसैगरी, १,७७२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट २३ जनाको मृत्यु भएको छ ।