त्रिशुली नदिमा बुलेट ग्यास पल्टिदा चालकको मृत्यु

१४ बैशाख २०७५, शुक्रबार ०५:३९

वैशाख १४, काठमाडौ ।

धादिङको मलेखुस्थित त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदा चालकको मृत्यु भएको छ।

काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै पल्टिदाको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्र्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।