तनहुँमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १७ जना घाइते

२५ पुष २०७६, शुक्रबार १५:२८

दमौली , घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार मृत्यु हुनेमा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङ रहेका छन । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनु भयो । बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।