डोरमणि पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने 

२६ माघ २०७४, शुक्रबार ०८:०७

माघ २६, काठमाडौं ।

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।


संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए ।