डा डीआर उपाध्यायको ‘बत्तिस लक्षणकी बुहारी‘’सार्वजनिक (भिडियोसहित )

२२ आश्विन २०७७, बिहीबार ०८:३५

काठमाडौं , विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी‘’ सार्वाजनिको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो । उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।
सुभाष प्रधानको निर्देशन र चादनी शाहीको सहनिर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभियन रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।